• २०८२ जेष्ठ ३० गते बिहिवार

सामुदायिक विद्यालयमा पढाई संगै रोजगारी 

पढ्न लाग्ने समय : ३ मिनेट

फाल्गुन २१ , दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ३ हाडाकोट चामुण्डा माविमा विद्यार्थीले अध्ययन सँगै आम्दानी गर्न थालेका छन् । १८ महिने कृषि वालि विज्ञान(जेटिए)मा अध्यनरत ३० जना विद्यार्थीहरुले अध्ययन सँगै विद्यालयमा च्याउ र तरकारी खेती गरी आम्दानी गर्न थालेका हुन् ।

तस्वीरः पंखबहादुर शाही

२०७२ सालमा सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसयिक तालिम परीषद (सिटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी कृषि जेटिएको कक्षा सञ्चालन गरेको थियो । चालु आर्थिक वर्षदेखी विद्यालयले तीनवर्षे आई.एसी एजी कक्षा सञ्चालनमा ल्याएको छ ।दैलेख जिल्लामै पहिलो आईएसीएजी सञ्चालन गर्ने विद्यालय हो । तीनवर्षे कृषि जेटिए पढेका विद्यार्थी सबै रोजगारी पाएको विद्यालयका प्राधनाध्यापक जयप्रसाद तिमिल्सेनाले बताए । चालु बर्षमा कृषि जेटिए तर्फ बाजुरा २,सल्यान ३,हुम्ला २,कालिकोट २, सुर्खेत २ अन्य जिल्लाबाट गरि ३० जना अध्यनरत छन् । यस्तै आई.एसी.एजी कोर्षको लागि हुम्लाबाट २ ,सल्यान ३ सुर्खेत२ र बाँकी जिल्ला भित्रकै गरी २५जना विद्यार्थी पहिलो बर्षमै अध्यन गरीरहेका छन् ।

‘कृषि वालि विज्ञानका लागि विद्यालयले २ बर्ष पहिले ४२ रोपनी जग्गा १५ लाख खर्चिएर स्थानीयबाट खरिद गरेको थियोे भने,’हाल आई.एसी .एजीको लागि १३ रोपनी कृषि योग्य जग्गा स्थानीयबाट १७ लाखमा खरिद गरेको छ ।’

कृषि जेटिएका विद्यार्थीले ४२ रोपनी जग्गामा यो बर्ष वेमौसमी ,तरकारी ,फलफलु, उत्पादन गरीरहेका छन् । बर्षातमा ५ सय बोट कागती,जुनार , अमिलो रोपेका थिए । असार महिनामा रोपेको धानको पराल प्रयोग गरी विद्यार्थीलाई च्याउ खेतीतर्फ आर्कषण गराईएको कृषि वालि विज्ञान कोर्ष अध्यापक दिपक सापकोटाले बताए । च्याउ खेतीको लागि हालै विद्यालयले रु. ३० हजार खर्चिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत बाट च्याउको बिउ ,च्याउघर निर्माण प्लाष्टिक खरिद गरी विद्यार्थीले च्याउ घर निर्माण गरीसकेको छन् । आफ्नै गाउँमा रोजगार संगै पढाई भएकोमा आफु निकै खुसी भएको बताउँछिन् ,कृर्षि जेटीएमा अध्यनरत छात्रा विनिता शाही ।

च्याउ उत्पादनको लागि प्लाष्टिक थैलीभित्र धानको पराल र च्याउको बिउ राख्दै विद्यार्थी । २१ दिन पछि सोही थैलीमै च्याउ उत्पादन हुन्छ ।  तस्वीरः पंखबहादुर शाही

‘दक्ष प्राविधिक निर्माण , पढाईसंगै रोजगारको व्यवस्था गर्ने विद्यालयको उद्देश्य रहेको छ ।’ ४२ रोपनी जग्गाबाट उत्पादन भएको बस्तु विद्यालयले संकलन गरी , नयाँ मोडालिटी , आधुनिक कृषिमा अवधारणा गर्ने उद्देश्य रहेको विद्यालयका प्रअ जयप्रसाद तिमल्सीनाले बताए । विद्यालयमा आउँने ,पढ्ने पैसा कमाउने ,रोजगारीको लागि शिक्षित युवाले विदेश धाउन नपर्ने अबस्था सिर्जना गर्ने मुख्य उद्देश्य रहेको बताए । यहाँको स्थानीयले कृषिको कक्षा सञ्चालन हुँदा निकै खुसी व्यक्त गरेका छन् ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाहीले भने ।

कक्षा १ देखि १२ कक्षासम्म शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा अध्यापन हुदै आएको विद्यालय प्राविधिक तर्फ मोडिदै छ । “नगरभरी अधिकाँश मान्छेहरु कृषिमा अधारित भएकोले कृषिमा आधुनिकीकरण संगै फस्टाउदो व्यवसाय बनाउँने टेवा पुग्ने वडा नं. ३ वडा अध्यक्ष निरकबहादुर शाहीको भनाई छ । ” उनले ,कृषि र शैक्षिम क्षेत्रमा आमुल परिर्वतन ल्याउँनको लागि जुनसुकै कदम र आर्थिक रुपमा वडाको पहल हुने र आगामी ५ वर्षमा नगरपालिकाको कृषियोग्य जग्गामा व्यवसायिक खेती गर्ने र परम्परागत खेतीबाट मुक्त हुने योजनामा आगाडि बढेको बताए ।
विद्यालयले यहि फागुन १४ —२० सम्म कृषिमा आधारीत मण्टेश्वरी ,वेमौसमी तरकारी खेती,च्याउ उत्पादनको लागि तालीम सञ्चालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस