• २०८० असोज ४ गते बिहिवार

लोकदोहोरी गित  “जवानीको आगो” बजारमा (भिडियो सहित)

पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुन २१, काठमाडौ । नेपाली लोक साङ्केतिक बजारमा दिनानुदिन नया कलाकार तथा तिनै कलाकार नया गितहरु बजारमा आइरहेको हुन्छन । उसो त गित आउने र नया कलाकार जन्मिने मात्रै ठुलो कुरो मानिदैन कत्तिको मन जित्न सक्यो नया गितहरुले स्रोताको भन्ने बिशेष रहन्छ ।

एउटा गित निकाल्न सामान्य पनि ५०, ६० हजार खर्च हुन्छ तर त्यो लगानी गर्नु भन्दा पहिले सोचिदिन कि यो गितले स्रोता अनि दर्शक को कतिको मन जित्छ भन्ने कुरा , त्येसैले पनि होला पछिल्नो चरन गितसांगीतमा पैसा मात्र खर्च गरे हुन्छ भन्ने धारणा बेकार मानिन्छ गित संगीतको बारेमा अध्यान केहि नगरेर हचुवाको भरमा लगानी गरेर गित निकाल्ने काम गर्नु भन्दा पनि दर्शक स्रोताको कसरि मन जित्ने भन्ने कुरा मा ध्यान दिएर कुनै गित निकालियो भने मात्रै कलाकार र गित संगीतमा लगानी गर्ने लगानीकर्तालाई सफल हुन सम्भव हुन्छ , त्यस्तै दर्शकको मन जित्ने आशा लिएर आइतबार बेलुकी राजेश केसीको लोकदोहोरी गित ” जवानीको आगो” बजारमा आएको छ ।

“हामि देख्न सक्छौ  यो गितमा काम गरेको कलाकारहरु कोहि पनि त्यति कमजोर देखिदैन नेपाली गित संगीतमा धेरै संघर्ष गरिरहेका कलाकारहरुको सक्रिय प्रस्तुति देखिन्छ । दर्शक को लागि मन जित्ने आशा बोकेको गित हो दर्शकहरुको लागि भनेर हामिले धेरै दुख गरेर तयार गरेको छौ । मैले पहिले काम गरेको गित पनि धेरै राम्रो साथ पाएको छु दर्शक बाट यो गित लाइ पनि त्यसरीनै माया साथ दिनु हुनेछ भन्ने आशा गरेको छु गाएक गाएक अमित बाबु रोकायाले भन्नु भयो ।”

लोकदोहोरी गित  “जवानीको आगो” बोलको गित जवान अवस्थाको परिवेशलाई समेटिएर बनाएको छ । यस गितमा चर्चित गायक अमीत बाबू रोकाय र सम्झना लामिछानेले स्वर दिएका छन् । मनै लोब्याउने निकै मिठो स्वरमा गाएक गाएकाले गितलाइ गाएका छन् । भद्र नकालको संगीत रहेको  गितमा राजेश केसीको शब्द रहेको छ । गितको म्युजिक भिडियोमा आरुशी मगर, नरेश एम.सि र राज श्रेष्ठलाई बेजोड नृत्य गरेको देख्न सकिन्छ। आयुस क्षेत्रीले निर्देशन गरेको सो गितमा निशान एस.केले क्यामेरा खिचेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन्। गित मेशिना डिजिटल प्राली बाट बजारमा आएको हो । जवानीको आगोले साचिकै सबै को मन जितोस सबै दर्सकको साथ मिलोस हाम्रो तर्फबाट समुर्ण युनिटलाई सुभकामना छ ।

भिडियो हेर्नुहोस : 

प्रतिक्रिया दिनुहोस