• २०८० असोज १७ गते बुधवार

मोटरसाइकल आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु अन्य ३ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण २१,दमक : झापाको दमक नगरपालिका–४ स्थित कृष्णमन्दिरमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । धरानबाट दमकतर्फ आउँदै गरेको मे३प १८३२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको को३० प ७७०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घटना सोमबार बेलुका ८ः३५ मा घटेका प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ का ४० वर्षीय पुरन कुमार राई रहेका छन् । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीकाअनुसार घाइते मध्ये २ जनाको अवस्था गंभीर रहेको छ । गम्भीर घाइते हुनेमा पाँचथर फाल्गुनन्द नगरपालिका–३ का ३० वर्षीय रमेशहाङ तुम्बाम्फो र नाम, ठेगाना नखुलेका साँइला भनिने अन्दाजी ४० वर्षका एक व्यक्ति रहेका छन् ।

दमक–१० का २५ वर्षीय सुजन धिमाल भने सामान्य घाइते छन् । घाइते तीनै जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

धरान बाट दमक तर्फ आउँदै गरेको मे३प १८३२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तिर जाँदै गरेको को३०प ७७०० नम्बरको मोटरसाईकल राती ८ः३५ मा एक आपसमा ठोक्किएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ

प्रतिक्रिया दिनुहोस