- भोला घिमिरे (तुसारो)
दुस्मन भोलि बन्छौ भने,आज नाता जोड्छौ किन
तिम्रासारा आफन्तलाई मेरानिम्ती तोड्छौ किन ।
फुल्नै नपाई टिप्पछौ भने जिन्दगीको फुलमेरो
कोपिलामै मार्नुरैछ मलजलगरि गोड्छौ किन ।
पराई बनाई सम्बन्ध यो, तोडि आखिर जानुछ्त
छोडेपछि संसार मैले हातको चुरा फोड्छौ किन ।
खुशी हुन सक्छौ भने,मेरो अर्थि उठेपछि
हेरिरहु लास ल्याउदा,उता टाउको मोड्छौ किन ।
नजाउ भने हजारपल्ट,एक्लो पारी मलाई यहा ।
बेवारिसेझै सम्सानमा सम्बन्धलाई छोडछौ किन ।
तार्केश्वर नगरपालिका-३, काठमाडौं