- सागर थापा / महेन्द्र सिंह
फागुन २१,बाकें । नेपालगन्जमा अबैध सालको गोलिया काठ बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले अबैध रुपमा चोरी गरि लुकाई छिपाई नेपालगन्ज ल्याउदै गरेको अबस्थामा सोमबार बिहान करिब ५ बजेतिर अबैध सालको गोलिया काठ बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न.१०, गोसाईगाउँबाट उक्त काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
बिशेष सुचनाको आधारमा प्रहरीले चारवटा साईकलमा लोड गरि ल्याईएका अन्दाजी ३० क्युफिट बराबरको चार थान सालको गोलिया पक्राउ गरेको हो ।
‘प्रहरीलाई देख्ने बित्तिकै काठ ल्याउने ब्यक्ति भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अर्यालका अनुसार बरामद गरिएको सालको गोलिया काठ र साईकललाई आबश्यक कारबाहीका लागि बन कार्यालयमा पठाईएको बताए ।