- शरद रेग्मी
बैशाख १५, तुलसीपुर/दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ ।
आईतबार बिहान दिउसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार तुलसीपुरबाट बिराट्नगर जादै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।
हात्तीखौवा सडकदेखि तल खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनका अनुसार घाइते हुनेमा जमुना ओलि – दङ्गीसरण २,सिताराम ओलि बबई २, यज्ञ बहादुर बिक तुलसीपुर ५ , सल्यान सिद्धकुमाख गाउपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस