राजमार्गको क्रसरले अवैध नदी दोहन गर्दा गाउँ जोखिमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख ११,दैलेख । मध्यपहाडी राजमार्गको दैलेख सडकखण्डमा कालोपत्रेको काम सुरु भएसँगै अनुमति विनानै सञ्चालनमा ल्याईएका क्रसर उद्योगले नदी किनारबाट अनुमति नलिई बालुवा गिट्टी झिक्ने गरेका छन् । मध्यपहाडी राजमार्गको आठबीस नगरपालिका-२ सडक खण्ड अन्तर्गत सिस्नेमा कामको जिम्मा पाएको दोलखाको श्रृंगेश्वर कन्ट्रक्सनले अवैध रुपले गिट्टी बालुवा झिक्दा सिस्ने गाउँको खेती योग्य जमिन लगाएत गाउँ नै जोखिममा पर्न सक्ने स्थानीय नागरिक बताउँछन् ।

कर्णाली राजमार्ग अन्तर्गत दुल्लु न.पा—१कम अवैध रुपमा नदी उत्खनन् गरेको क्रसरको डोजर ।

चार हप्ता पहिले देखिनै कन्ट्रक्शनले उत्खनन्का लागि दुईवटा डोजर र ट्रीपर प्रयोग गरेको छ । गाउँको पुछारमा नदीको बालुवा उत्खनन् थालेपछि गाउँ जोखिममा पर्ने भन्दै केही स्थानीय बासीले उद्योग सञ्चालन अवरोध गरेको थिए ।‘आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले काम गर्न दिन आग्रह गरेपछि आफुहरु चुप लागेकोे नागरिकको भनाई छ ।’ नगरप्रमुखले मनोमानी गरेको नागरिकको आरोप छ । तर, नगरप्रमुख खड्कराज उपाध्यायले कुनै अनुमति र त्यो बारे आफुले आवाज समेत नबोलेको कटाक्ष गरेका छन् ।‘‘क्रसर सम्बन्धी नगरसभामा कुरा भएर हाल जिल्लामा पत्र समेत पठाएको उनले बताए । त्यहाँ विभिन्न पक्षमा आवाज उठ्न थालेपछि नगरमा अनुमति लिन केहि दिन पहिले आएको तर,आफुले यहाँबाट नदिने र प्रदेश सरकार सँग समन्वय गर्नुपर्ने उनको भनाई छ ।’’तर,कन्ट्रक्सनका प्रतिनिधी गजेन्द्रबहादुर खड्काले उद्योग पक्षले नगरप्रमुख देखि अनुमति दिएको भनि ढाँट्दै आएको थियो । हाल जिल्लामा कागज पत्र लेखि पठाईएको छ ।
‘नदीजन्य सामाग्री अवैघ उत्खनन् र बिक्री ’पुल जोखिममा ,
मृत्युमार्गको रुपमा चिनिन थालेको कर्णाली राजमार्गअन्तर्गत दुल्लु नगरपालिका—१ तल्लो डुंगेश्वरमा रसुवा÷सूर्य जेभी कम्पनीले सडक, त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्ड विपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ ।
अस्थायी रूपमा सञ्चालनको अनुमति पाएकोे क्रसरले जथाभाबी नदी दोहन गरी ढुंगा, गिट्टी र बालुवा उद्देश्य विपरीत बिक्री गरेको पाइएको हो । ‘राजमार्गको मर्मत र पुलबाहेक अन्य व्यावसायिक प्रयोजनले कुनै सामग्री बिक्री गर्न नपाईने स्रोतले जनाए पनि उत्खनन गरिएका सामग्री जिल्लाका अगुवाहरूकै सेटिङमा जिल्लाभित्र र बाहिर बिक्री गर्ने गरिएको स्रोतको भनाइ छ ।’ सो क्रसर उद्योगबाट जिल्लाभित्रका हाइड्रोपावरको पावरहाउस देखि ड्यामसाइट, सदरमुकामका भवनदेखि सुर्खेत उपत्यकासम्म गिट्टी, बालुवा बिक्री गरिँदै आएको कुरा खुलेको छ । क्रसर सञ्चालक खड्कबहादुर खड्काले आवश्यकताका आधारमा आफूले बाहिर पनि सामग्री बिक्री गरेको स्वीकार गरेका छन । उनले‘राजनैतीक दलको दबावमा त्यस्ता सामाग्री बिक्री गर्नुपरेको बताए ।’ कर्णाली राजमार्ग र त्यसमा पर्ने नौ वटा पुलका लागि सञ्चालनमा ल्याइएको क्रसर उद्योगबाटै नदीजन्य सामग्रीमा उपद्रो मनसाय गरिएको देख्दा-देख्दै कारवाही नगरेको स्थानीय बताउँछन् ।‘जिल्ला समन्वय समितिका प्रमुख सहितले पटक-पटक अनुगमन गर्ने तर, कागजात नहेर्ने समेत गरेको यहाँका नागरिकको भनाई छ ।’

यो क्रसर उद्योगले खहरे खोलादेखि लोहोरे र कर्णाली नदी दोहनले गर्दा तल्लो डुंगेश्वरको पक्कि पुल जोखिममा परेको छ । दुल्लु नगरपालिकाले अस्थायी रूपमा राजमार्ग मर्मत र पुल निर्माणका लागि अस्थायी रूपमा क्रसर सञ्चालन अनुमति दिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले मध्यपहाडी राजमार्गको लागि स्थानीय तहलाईनै अधिकार भएको बताए । कर्णाली राजमार्गमको क्रसर बारे बुज्न जाँदा केहि पत्ता लगाउँन सकिएन ,उनले भने । त्यो सबै अधिकार अहिले जिल्ला समन्वयन समितिलाई दिईएको छ ।‘कर्णाली राजमार्गको क्रसर उद्योगबारे काजगपत्र हेर्न बाँकी रहेको उनको जवाफ छ ।’व्यावसायिक रूपमा स्थायी क्रसर सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समितिमार्फत दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ, अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस