- सुरज भट्टराई ,देवदह
मंसिर १८, रुपन्देही । रुपन्देहीको देवदहमा रहेको नवयुग दिदिवहीनी आमा समुहले असहाय व्यक्तिहरुलाई खाना खुवाएको छ । “सेवा नै धर्म “हो भन्ने मुल नारा सहित आज नवयुग दिदिवहीनी आमा समुहले देउसी खेलेर जम्मा गरेको रकमले बुटवल स्थित मानव सेवा आश्रममा गई त्यहाँ बसेका ४० असहाय व्यक्तिहरुलाई खाना खुवाएको छ ।सो कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक दिपक चापागाईंको प्रमुख आतिथ्यता, युवा ब्याक्तित्व दिपेश मल्ल, मानव सेवा अश्रमको अभिभावक शेर बहादुर गौतम ,सृजना अधिकारी ,टीका थापा , पत्रकार सुरज भट्टराई लगायत समुहका सम्पुर्ण पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक दिपक चापागाईंले आफ्नो तर्फ र नगरपालिकाको तर्फ बाट केही सहयोग गर्ने परे हरदम तयार रहने र यसरी सामाजिक कार्यमा उदात्त भई काम गरेकोप्रति समूह को प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रममा आश्रमको अभिभावक शेर बहादुर गौतम र युव व्यक्तित्व दिपेश मल्लले बोल्दै कार्यक्रमको प्रसंशा गर्दै समुहलाई धन्यवादको साथै प्रगतिको लागि शुभकामना दिनुभएको थियो । समुहको अध्यक्ष चापागाईंले कार्यक्रमको समापन गर्दै उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियोे ।
समुहको अध्यक्ष अनुराधा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमको संचालन देवदह नगरपालिका वडा नं ४ का वडा सचिब बिष्णु बिवस पोख्रेलले गरेका थिए ।