• २०८१ फाल्गुन २ गते शुक्रवार

नेपालगञ्ज धम्बोजीमा साइकल यात्रीलाई ट्रकले ठक्कर दिदा एकको मृत्यु, एक घाइते

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

मंसिर १८, बाँके । नेपालगञ्ज धम्बोजीमा साइकल यात्रीलाई ट्रकले ठक्कर दिदा एकको मृत्यु, एक घाइते भएका छन । बाँकेको नेपालगन्ज धम्बोझी चोक नजिकै रहेको भेरी प्रेट्रोल पम्प अगाडि ट्रकले साइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहका अनुसार भे १ ख २८४७ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिएको थियो । मृतकको पहिचान खुल्न सकेको छैन भने गम्भिर घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको डिएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस