मंसिर १८, बाँके । नेपालगंज उपमहानगरपालिका-१५ स्थित जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्राम सहित दाङ तुल्सिपुर उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय समिर वलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वलीले लुकाई छिपाई पाईन्टको खल्तीमा राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनएको छ ।