• २०८२ जेष्ठ १ गते बुधवार

बर्दियाबाट फरार प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, बर्दिया । पुनराबेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका प्रतिवादी गुलरीया नगरपालिका-७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई गुलरीया नगरपालिका-७ मुर्तिया स्थित पटाउ गाउँबाट फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस