मंसिर १८, काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यहि क्रममा पर्बत भतेरपाटा घर भइ हाल भारत को बेङ्लोरमा रोजगार गर्दै आउनु भएका,पिता टिकाराम न्यौपाने र माता भुमिसरा न्यौपाने कोख बाट जन्मिनु भएका सुमधुर स्वरका धनी गायक घनश्याम न्यौपाने र गायिका देबि घर्ति को आवाजमा रहेको ‘सजाय’ गीत भर्खरै मात्रै भिडियो सहित सार्बजनिक भएको छ।
गोपाल बस्याल को प्रस्तुतीमा ” सजाय” नामको गीत बजारमा ल्याउनु भएको हो । सजाय गीतका सर्जक आयन न्यौपाने ले गीत बिल्कुलै सकारात्मक किसिमले प्रस्तुत गर्नु भएको छ। प्रेम मा धोका पाएका जोडीहरु लाइ समेट्दै, प्रेम मा धोका भय पछि हुने भाव हरु समेटि छुट्टै किसिम को गीत प्रस्तुत गर्नु गरिएको छ। यस गीतमा सङ्गित / शब्द सर्जक आयन न्यौपाने को रहेको छ भने लय पनि ल्यापानेको नै रहेको छ।
उक्त गीतमा स्मृति तिमिल्सेना(गुरुआमा) को निर्देशन, सुरेश श्रेष्ठ को छायांकन र सम्पादन प्रकाश धमला रहेको छ । उक्त गीतको भिडियोमा अभिनय प्रेम सापकोटा (सोनु) र रन्जिता गुरुङ को रहेको छ । प्रेम साप्कोटा सोनु को युटुब च्यानल बाट आरति म्युजिक प्रा.लि द्वारा गोपाल बस्याल को प्रस्तुति एल्बममा सार्बजनिक भएको हो ।
https://youtu.be/mzDonMBbj3U