कात्तिक १८, काठमाडौं । बलिउडका बिग बी अमिताभ बच्चनले आफैंले अभिनय गरेका दर्जनौ चलचित्रमध्ये खास ६ चलचित्र छानेका छन् ।
गोवामा हुन लागेको ५० औँ ‘इन्टरनेश्नल फिल्म फेस्टिवल अफ इन्डिया’ (आईएफएफआई) मा प्रदर्शनीको लागि उनले आफूलाई मनपर्ने ६ चलचित्र चुनेका हुन् ।
अवार्ड कार्यक्रममा अमिताभलाई ‘दादासाहेब फाल्के पुरस्कार’बाट सम्मानित गर्दै उनका यिनै ६ चलचित्रहरु प्रदर्शन गरिने छन् ।
फेस्टिवलमा देखाउनका लागि अमिताभले ब्लाक (२००५), दीवार (१९७५), पीकू (२०१५), शोले (१९७५) र पा (२००९) चलचित्र छानेका छन् ।