• २०८२ जेष्ठ १ गते बुधवार

सुन प्रतितोला दुई सय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आईतबारको तुलनामा सोमबार सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो । आईतबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँ रहेको सुन सोमबार तोलामा दुई सय रुपैयाँ घटेर  प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार आजको लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँ रहेको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने शुक्रबारदेखी नै स्थिर रहेको छ । चाँदीको स्थिर मूल्य प्रतितोला ८७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस