कात्तिक १८, सिन्धुपाल्चोक । तास खेलिरहेको अवस्थामा आज प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा बिगत ४ दिनदेखि तास खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट नगद ५७ हजार ७ सय ७०, ४ बुक तास र १३ थान मोबाइल सहित ११ जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरि कानुनअनुसार कारबाही गरिने निरिक्षक दर्नालले जानकारी दिए ।
पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरी, सुरेश तामाङ, रामकुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जितबहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।