• २०८१ चैत्र ३ गते सोमवार

नुवाकोटमा मिनीट्रकले २ वटा मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । बा २ ख ५९३६ नं को मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका २८ वर्षका तामाङलाई जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का उत्तम तामाङ तथा उतरगया गाउँपालिका–१ का देव तामाङ र चन्दा तामाङलाई उपचारका लागी ट्रमा सेन्टर काठमाडौ पठाइएको छ । प्रहरीको अनुसार उनीहरु चढेको बा६३प ४३४ नंम्बर र ग ७ प ८१३८ नम्बरको मोटरसाइकललाई मिनीट्रकले गल्छी–देवीघाट सडक खण्डको सिमखेत स्थित घुम्तीमा ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस