• २०८२ जेष्ठ २ गते बिहिवार

पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, दाङ । बुटवल– दाङमा पौडी खेल्ने क्रममा दुई किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नम्बर ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही – ९ बाङ्गेताल निवासी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर की १५ बर्षीया निरु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

दाङमा यसअघि पनि पोखरीमा डुवेर तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस