असोज १७, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालको लापरबाहिका कारण कर्मचारी, शिक्षकहरुले दशैँमा पनि तलव नपाएको गुनासो गरेका छन् । नेपालीहरुको महान चाड वडादशैँमा तलव नपाउने भएपछि यो दशैँ खल्लो हुने कर्मचारी तथा शिक्षकहरुको भनाई छ ।
गाउँपालिकाका एक कर्मचारीले आफ्नो नाम नखुलाईदिने सर्तमा भने, “प्रशासकीय अधिकृत र लेखापाल कार्यालयमा धेरै उपस्थित नहुने गरेकोले समयमा शिक्षक कर्मचारीको तलव बैँकखातामा हाल्न नसकेका हुन् । उनले भने हामी दशैँ कसरी मनाउने ऋण झिकेर दशैँ मनाउने की कसरी ?”
यस्तै कृष्ण मावि ठाटीकाँधका एक शिक्षकले पनि शुक्रबार बिहान ११ बजे सम्म पनि आफ्नो खातामा पैँसा नआएको बताए उनले भने, “दशैँ खल्लो बन्छ जस्तो लाग्दैछ, साउन एताको तलव नै आएको छैन् ।”
गाउँपालिकाले हिजो बिहिबार गाउँपालिकामा रहेका सबै विद्यालयको एउटा चेक बनाएको (एनसीसी बैँक)को बताएका छन् । तर, अधिकाँश विद्यालयले केही समय पहिले मात्र गाउँपालिकामा स्थापना भएकोले खाता खोली सकेका छैनन् ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीले भने हालसम्म सबैको खातामा रकम पठाईसकिएको भन्दै पन्छिन खोजे । उनले पालिकाभरका ३९ विद्यालयको गाउँपालिकाबाट एउटै चेक बिहीबार बनाईएको र स्वास्थ्य क्षेत्र र गाउँपालिकाको कर्मचारीको आज शुक्रबार बिहान बनाईएको बताए ।
तर अहिले सम्म आफ्नो खातामा पैँसानै नआएको शिक्षक, कर्मचारीले बताएका छन् । शुक्रबार दिउँसो १ बजे पछि बैँक बन्द हुने भन्दै खातामा अहिले सम्म पैँसा नआएको र आए पनि झिक्न कठिन हुने भन्दै चिन्ता व्यक्त गरे ।
ठाटीकाँधका अधिकाँश कर्मचारी व्यक्ति, संघ सस्थाहरुले एनसीसी बैँकमा खाता खोलेका छैनन् । नत समयमानै गाउँपालिकाले नै निर्देशन गराएको छ ।