• २०८१ चैत्र ३ गते सोमवार

मह जोडीको नयाँ फिल्म

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १७ असोज । निर्देशक प्रदिप भट्टराई र हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यविच टिमअप हुने भएको छ ।

यसअघि प्रदिपले मह संचारको ब्यानरमा बनेको चलचित्र ‘शत्रु गते’ निर्देशन गरेका थिए । जुन चलचित्रले ब्लकबस्टरको कमाई गरेको थियो । नयाँ चलचित्र भने ‘मह संचार’को ब्यानरमा निर्माण हुने छैन । यसपटक प्रदिपको निर्देशनमा बन्ने चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले काम गर्ने पक्का भएको हो ।

षटकोण आर्टस्को ब्यानरमा बन्ने चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यो चलचित्र वि.सं २०७७ सालको कात्तिक ७ गते रिलिज हुनेछ । चलचित्रको टिमले आउँदो बर्षको दशैं लक्षित गरेर चलचित्र निर्माण गर्दैछ । चलचित्रको नाम तय गरिएको छैन ।

प्रदिपले षट्कोणको ब्यानरमा रहेर निर्माण गरेका दुई चलचित्र ‘जात्रा र जात्रै जात्रा’ पनि सुपरहिट भएका थिए ।

प्रतिक्रिया दिनुहोस