• २०८१ बैशाख ४ गते मङ्गलवार

राजश्व छली ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको गुटखा बरामत

पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, बर्दिया । बाँसगढी नगरपालिका ५ स्थित सडकबाट भे.१ च ३०६२ नम्बरको बलेरो जिपमा राजश्व छली ल्याउँदै गरेको करिब १२ लाख रुपैयाँ बराबरको १ सय ४० बोरा मेघाश्री गुट्खा सहित गाडी चालक कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने २३ वर्षीय रमेश चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उक्त गुटखा बरामद गरी गाडी चालक चौधरीलाई गुटखा र गाडी सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँके पठाएको छ ।

प्रतिक्रिया दिनुहोस