• २०८१ चैत्र २ गते आइतवार

भारतीय जीपको ठक्करबाट दुईजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • सिमा गुरुङ्ग, खबर24नेपाल समाचारदाता

भदौ १८, बुटवल। बुटवल–भैरहवा सडकखण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको भारतिय नम्बरको यु पी १४ सीवी ००४८ को टाटा सफारीले सोही दिशातर्फ आउँदै गरेको  लु २४ प २८३५ नम्बरको मोटरसाईकललाई अन्चल्पुरमा ठोक्दा सवार दुई जना को मृत्यु भएको हो । रुपन्देहीको ओमसतिया गाउंपालिका वडा नं. ३ लालपुर बस्ने ५८ वर्षिय प्रेमजित थारु र ५६ वर्षिय बासमती थारुको मृत्यु भएको हो । मृतक थारु श्रीमान श्रीमती हुन् ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस