• २०८१ जेष्ठ ९ गते बुधवार

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख उपर आरोप-पत्र दायर

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र १८, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरी उपर आरोप-पत्र दायर गरिएको छ ।

चौधरी समेतले वार्षिक कार्यक्रम बमोजिम कफी खेतीको प्रवर्द्धनका लागि कृषकहरूलाई उपलब्ध गराएको Moisture Meter अनुदानबापत कृषकहरूबाट बुझाइएको रकम रसिद काटी बैंक दाखिलासहित लेखामा प्रविष्ट गर्नुपर्ने छ । सो नगरी अनियमितता गरेको भन्ने विषयको उजुरीउपर अनुसन्धान हुँदा निज तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले कफी खेतीको प्रवर्द्धनका लागि कृषकहरूलाई उपलब्ध गराएको Moisture Meter र पल्पर मेशिन ५०% अनुदानबापत कृषकहरूबाट बुझाइएको कुल रकम रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) रसिद काटी बैंक दाखिलासहित लेखामा प्रविष्ट गर्नुपर्ने बताएको छ । सो नगरी नेपाल सरकारलाई रू.६३,५७७।-(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) बराबरको राजस्व रकम हानिनोक्सानी पुर्‍याएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर पुष्टि हुन आएकोले निज तत्कालीन कार्यालय प्रमुख रघुपती चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले व्यवस्था गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम विगो रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) कायम गरी कैद सजायका साथै सो विगो असुल गरी जफत हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) को दोब्बर जरिवाना गरी पाउन मागदावी गरिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस