• २०८१ जेष्ठ ४ गते शुक्रवार

बनाउँदा बनाउँदै भत्कियो हाउजिङको घर

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १८ काठमाडौ गएरातिको वर्षाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा एउटा निर्माणाधीन घर भत्किएको छ।मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएका हो।घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङका एक कर्मचारीले भने मूलपानीका अन्य स्थानमा पनि हिजो राति स(साना पहिरो गएको तथा घर भित्र पानी पसेको कागेश्वरी मनोहरा-६ का वडा अध्यक्ष प्रकाश फुयाँलले बताउनू भयो।

प्रतिक्रिया दिनुहोस