• २०८१ जेष्ठ ५ गते शनिवार

‘खुङ्खार अपराधी’ समूहका सत्यराज योगीमाथि प्रहरीले गोली चलायो

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १८, काठमाडौं । ‘खुङ्खार अपराधी’ फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्ने दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रण लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

एसपी राठौरका अनुसार दासलाई नियन्त्रणमा लिन एक राउण्ड गोली खर्च भएको छ । दासको दाहिने घुँडामा गोली लागेको छ ।

गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।

दास यसअघि २०६४/०६५ मा हातहतियार मुद्दामा तत्काल पुर्पक्षका लागि जेल चलान भएका व्यक्ति हुन् । त्यस्तै २०६६/०६७ मा पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेर निस्किएका थिए दास ।

प्रतिक्रिया दिनुहोस