- खिमराज गिरी
केहि दिन अगाडिको एक दैनिक पत्रिकामा ”१६ जनालाई भ्रष्टाचार मुद्या” शिर्षक लेख पढेर केहि लेख्न मन लाग्यो । केहि समय अगाडि पनि राष्ट्रिय दैनिकमा ”भ्रष्टाचारको क्यान्सर” शिर्षकमा एउटा लेख लेखेको थिएँ र आज पनि यो देसका कर्मचारी, घुस खाने र दिने दुवै पक्षको मानसिक विक्षीप्तता देखेर केहि कुराहरु लेख्न मन लाग्यो ।
वास्तवमा दक्षिण एशियाका मुलुकहरुमा भ्रष्टाचार वढि भएको मुलुक अफगानिस्तान पछि नेपाल हो र नेपालमा पनि वढि भ्रष्टाचार हुने भनेको भन्सार, नापी, मालपोत जस्ता वढि आम्दानी हुने क्षेत्रहरु र कुनैपनि निर्माण सम्बन्धि कामको ठेक्का पट्टामा भएतापनि हाल आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनलाई आधार मान्ने हो भने सवैभन्दा वढि भ्रष्टाचार हुने क्षेत्र शिक्षा र संघीय मामिला भएको छ । यी क्षेत्रहरुमा शिक्षक सरुवा गर्नेदेखि लिएर विद्यालय भवन निर्माणको ठेक्का पट्टा र सामान खरिद विक्रिमा विद्यालय प्रशासनदेखि सम्बन्धित मन्त्रालयका कर्मचारीहरु पनि यसबाट विमुख हुन सकेका छैनन् भने संघीय मामलामा पनि कर्मचारी सरुवा र बढुवा प्रकृयादेखि लिएर विदेस जाने होडवाजीले गर्दा भ्रष्टाचार वढि भएको पाइएको छ र मंगलबारको कान्तिपुर दैनिकमा पनि नक्कली जग्गाधनी र लालपुर्जा बनाएर जग्गा वेचाएकोमा चावहिल मालपोतका हाकिमसावदेखि लिएर पियनसावसम्मका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव ६ करोडको विगो दावीसहितको मुद्या दायर गरेको समाचारमा उल्लेख गरिएको छ ।
यसबाट के प्रष्ट हुन्छ भने सरकार दुई तिहाइको होइन तिन तिहाइको भएतापनि यी भ्रष्ट दलालहरुको औषधि त्यतिवेला हुन्छ जतिवेला राजनैतिक नेतृत्वमा नैतिकताको खडेरी लाग्दैन र दृढताकासाथ यस्ता भ्रष्ट कामचोर नमकहराम कर्मचारी मात्र होइनन् यस्तै जन्जालको भुमरीमा नाचिरहने जुनसुकै विभागका जो कोहीलाई पनि राजनेताहरुले यो, त्यो, तेरो, मेरो, फलानो पार्टीको या ढिस्कानो पार्टीको नभनिकन भ्रष्टाचारको दाग लाग्नासाथ जागिरे भए जागिरबाट वर्खास्त गरी २०० प्रतिशत विगो दावि गर्दै हदै भन्दा वढि जेल सजायको भागीदार बनाउने र जागिर नभएकाहरुबाट अन्य क्षेत्रमा भ्रष्टाचार भएको खण्डमा त्यस्ता नमकहराम कामचोहरुलाई पनि हद भन्दा धेरै नै विगो दावी गर्दै सर्वस्वहरण गरी कम्तिमा पनि १२ वर्षको जेल सजाय तोक्ने प्रण जनप्रतिनिधिहरुबाट इमान्दारी र नैतिकताकासाथ हुने हो भने म ग्यारेण्टिकासाथ भन्न सक्छु कि यो भ्रष्टाचारको क्यान्सर रोग नेपालको लागि तीन स्टेपमा पुगेपनि निको भएर जान्छ ।
भ्रष्टाचारको क्यान्सर भनेको मानिसमा लागेको क्यान्सर रोग जस्तो यो अवस्य होइन यसमा भएका किटाणुरुपी मानव जन्तुलाई माइक्रो वायोलोजिका उपकरणहरु प्रयोग नगरीकन पनि टपक्प टिपेर जेलरुपी कन्टेनरमा मिल्काउन सकिन्छ यदि सरकारमा इच्छा शक्ति हुने हो भने अन्यथा यो रोग निको हुनको लागि शतप्रतिशत जनमत सरकारलाई दिएतापनि हुनेवाला केहि देखिएन किनकी संसदमा जव अधिवेसन चल्छ सांसद सुविधा लिनको लागि जुनसुकै पार्टीका नेता पनि एक हुने तर देस र जनसरोकारका विषयमा एक आपसमा आफ्ना मानिस पर्छन भनेर वेवास्था गर्ने प्रवृत्ति भएको हुँदा केहि नेतागण पनि आफै यस मामलामा कहिँ न कहि, कतै न कतै मुछिएको देखिएकाले पनि यो भ्रष्टाचारको मामलालाई निर्मुल पार्नको लागि नेपालको सन्दर्भमा अलि कठीन नै देखिएको छ ।