भदौ १८ सप्तरी । राजविराज नगरपालिका-६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
पोखरीमा स्वयं हामफालेर डुबेको कुरा उनकै २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले फोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजतलास गरी बुधबार बिहान शव निकालेको प्रनाउ मिश्रले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।