• २०८२ बैशाख ९ गते मङ्गलवार

बसको ठक्करले जुम्लामा एक जनाको मुत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १८, जुम्ला । जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे १ ज ७९६ नं को बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताए ।

प्रतिक्रिया दिनुहोस