• २०८१ फाल्गुन २ गते शुक्रवार

कतारमा हुने आगामी फिफा विश्वकप फुटबलको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १८, काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रतीक चिन्ह (लोगो) सार्वजनिक भएको छ ।

फिफाले मंगलबार राति कतार विश्वकपको लोगो सार्वजनिक गरेको हो । लोगोमा गल्फ राष्ट्रको संस्कृति र गल्फ राष्ट्रको मरुभूमिलाई प्रस्तुत गरिएको छ ।

विश्वकप फुटबलको २२ औं संस्करण कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ ।

कतार विश्वकप जाडो मौषममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो ।

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ ।

जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस