• २०८१ जेष्ठ ९ गते बुधवार

प्रधानमन्त्री भेट्न सिंगापुर जादै वामदेव गौतम

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८ , काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुरमा उपचारत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका हुन् । गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने भनेर रद्द गरेका थिए।

प्रधामन्त्रीलेनै गौतमको खोजी गरेको र फोन गरेरै आइदिए हुन्थ्यो भन्ने चाहेपछि रातारात टिकट मिलाएर जान लागिएको स्रोतले जनाएको छ ।प्रेस संगठनका नेता विश्वमणि सुवेदीले बताए अनूशार गौतम अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जाने भएका छन् ।प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ । प्रमको आज अन्तिम चरणको उपचार हुँदैछ । यो उपचार सकिएपछि प्रधानमन्त्रीसँगै उपाध्यक्ष गौतम र महासचिव पौडेल पनि फर्किनेछन् ।

 

प्रतिक्रिया दिनुहोस