भदौ १८, काठमाडौं । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ ।
मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर(पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
हल्कादेखि मध्यम खालको वर्षाको प्रभावले पहाडि भु(भागमा पहिरोको जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।