• २०८१ माघ २६ गते शनिवार

बिनोद घिमिरेको गजल : दक्षहीन गाइँगुइँ कुरा अधुरा चलेको छ

पढ्न लाग्ने समय : १ मिनेट
  • बिनोद घिमिरे बिबश

कहिँबाट संचालित कुरा चलेको छ
सलाम गर्ने पालेको पाखुरा चलेको छ

मतिभ्रष्ट मानव खोपडी रहेछ उसको
अहमले ग्रस्त शरीर पूरा चलेको छ

उस्ले तत्काल उद्धार गरीदिन्छु भन्यो
राहत दिने त्यही कुराले छुरा चलेको छ

औषधि उपचार कागजमै सिमित रहयो
दुर्गम गाउँबस्ती भरी दादुरा चलेको छ

उडाई दिन्छ पूष्प,बिमान लगाम दिनुस्
दक्षहीन गाइँगुइँ कुरा अधुरा चलेको छ

प्रतिक्रिया दिनुहोस