• २०८१ मङ्सिर २२ गते शनिवार

बाजुरामा हराएको ७० दिन पछि किशोरीको शव भेटियो  

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार

साउन १९, बाजुरा । जेठ सात गते देखि हराइ रहेकी एक किशोरीको हीजो सनिबार बेवारेस अवस्थामा शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नं एक कि किशोरी २ महिना १० दिन पछि मृत अवस्थामा फेला परेकी छन ।

हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरको नजिकै कर्णाली नदिको किनार नजिकैको जंगलमा बासमति भण्डारीको कंगाल फेला परेको हो । उनले लगायका कपडा र जुत्ताबाट पहिचान गरिएको इलाका प्रहरी चौकी धुलाचौरका प्रहरी सहायक निरीक्षक दिलीप सिहं महराले बताउनुभयो । स्थानिय एक ब्यक्ति कर्णाली नदीको नजिकैको जंगलमा घँस गट्न गएको बेला जंगलमा युवतिको कंगाल भेटेपछि आफन्तलाई खवर गरेको र प्रहरी टोली घटना स्थल पुगि हेर्दा हराएकी युवतीको कपडा र जुत्ता बाट पहिचान भएको प्रहरीले जनाएको हो ।

भण्डारीको आज प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पोष्टमार्टम गरिएको छ । उनले आत्म हत्या गरेको हो वा कसैले मारेर फालेको हो भन्ने कुराको अनुसन्धान हुनुपर्ने आफन्तले बताएका छन । हिमाली गाउँपालिका वडा नं एक बस्ने बाँचकला भण्डारीकी १६ बर्षिया छोरी बासमति भण्डारी गत जेठमा भएको गाउँपालिका स्तरीय राष्ट्रपछि रनिङ्ग शिल्ड प्रतियोगिता खेल्न धुलाचौर आएका बेला देखि बेपत्ता भएकी थिइन ।

हिमाली गाउँपालिका वडा नं एकको विच्छ्या माविमा कक्षा नौ मा अध्ययनरत भण्डारी सटफूट खेलाडी थिइन । परिवारले ७ गते प्रहरीलाई उनी हराएको जाहेरी गराएका थिए । गाउँपालिकाको नजिकैको जंगलमा र्२ महिना १० दिन पछि मात्र उनको शव फेला परेको हो ।

विद्यालयका शिक्षक र अन्य साथिहरु संग प्रतियोगिता खेल्न आएकी भण्डारी कसरी हराइन भन्दै परिवारले आसंका समेत ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस