सुर्खेत, १९ असार । सुर्खेतको पश्चिममा पर्ने बराहताल गाउँपालिका वडा नं. ७ की निर्मला नेपाली बाख्रा पाउँदा निकै खुःसी छिन । उनी, मात्र हैन् उनी लगाएत साठी परिवारले दुई/दुई वटा खरि जातका बाख्रा निशुल्क पाएका छन । आर्थिक अबस्था कमजोर भएकाहरुको अबस्थामा सुधार आउने अपेक्षका साथ वडा कार्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा सञ्चालित साझा आवाज कार्यक्रमले संयुक्त रुपमा बाख्रा वितरण गरेका हुन् । बाख्रा वडा कार्यालय देखिनै हातका समाती घरतीर डोहो¥याउँन पाउँदा सबैको मुहारमा केही फरक अनुभुति र सबैको मनमा खुःसीका क्षण उत्पन्न् भएका थिए ।
‘गरिबी निवारण गर्नु नै मुख्य उद्ेश्य हो’ वडा अध्यक्ष कुलबहादुर बुचाले भन्नुभयो ,यहाँ दलित र विपन्न परिवारको सँख्या धेरै भएकाले उनीहरुलाई पशुपालन व्यबसाय निकै उपयुक्त र लाभदायक छ । अध्यक्ष बुचाका अनुसार प्रत्येक परिवारलाई दुई/दुई वटा माउ बाख्रागरी एक सय २० वटा बाख्रा वितरण गरिएको छ ।
बाख्रा पालनका लागि प्रयाप्त आहारा तथा हावापानी रहेकोले साझा आवाजसँगको सहकार्यमा गरिबी निवारणको उत्तम विकल्पका रुपमा बाख्रा पालनलाई लिइएको उहाँको भनाई छ । वडालाई नै बाख्रा पालनको नमूना ‘हब’ बनाउने उद्देश्य अनुसार वडाले आगामी बर्षमा पनि बाख्रा पालनलाई प्राथमिकता दिने छौँ बुचाले भन्नुभयो । यस बर्ष बाख्रा लिएका कृषकहरुसँग वडाले २०७७ साल जेठ महिना भित्र एउटा पाठो वा पाठी वडालाई फिर्ता गर्नुपर्नेगरी सम्झौता गरेको छ । सबै किसानलाई बाख्रा वितरण गर्नका लागि याे बर्ष दुई वटा बाख्रा लिएका किसानहरुलाई एक बर्षभित्रमा त्यसले उत्पादन गरेको एउटा सन्तान वडालाई फिर्ता गर्नुपर्ने नियम समेत बनाईएको छ । बाख्रा वितरण गर्नुअघि कृषकहरुलाई बाख्रा पालनसम्बन्धी अभिमूखीकरण समेत गरिएको वडाका पशु प्राविधिक भूवन भारतीले बताउँनुभयो । वितरण गरिएका बाख्रालाई भिटामिन तथा जुकाको औषधी समेत वितरण गरिएको छ, । बाख्रा पालन समूह गठनगरी आगमी दिनमा पशु विमाको कार्यक्रम समेत ल्याउने योजना रहेको, उहाँको भनाई छ ।
४१ परिवारलाई यसअघि बाख्रा वितरण गरिएकोमा बाँकी रहेका १९ परिवारलाई बिहीबार एक कार्यक्रमकाबीच वितरण गरिएको छ । बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर वस्नेतले ‘आफ्नो गाउँपालिका पशुपालनको निकै सम्भावना रहेको बताउनुभयो । अध्यक्ष बस्नेतले बाख्रा पाएका परिवारहरुले राम्रो प्रयास गरी केही परिर्वतन ल्याउँन सके गाउँपालिकाले थप सहयोग गर्ने छ ,उहाँले भन्नुभयो उपलब्धीलाई हेरेर आगामी बर्ष अन्य वडाहरुमा पनि यस्तै प्रकारको कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिने छ । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्री उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले सानो सहयोगभएपनि यसले आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलित तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि स्थानीय सरकारहरुले आय–आर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सुर्खेतका अध्यक्ष रुद्र कार्कीले बाख्रा वितरणले गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साझा आवाज कार्यक्रमका जिल्ला संयोजक इन्द्र विश्वकर्माले बाख्रा पालनलाई दिगो बनाउँन जरुरी रहेको बताउनुभयो । बाख्रा पालनलाई व्यवसायीक बनाउँनका लागि हर प्रयार भईरहने उहाँको भनाई थियो । बाख्रा वितरणमा वडा कार्यालयको पाँच लाख र साझा आवाजको चार लाखगरी नौ लाख रुपैँया बराबरका बाख्रा वितरण गरिएको छ । बाख्रा पाउनेमा वडाभित्रका ४५ घर परिवार दलित र १५ परिवार जनजाति रहेका छन् । बाख्रा वितरण गर्दा अति विपन्न दलित, जनजाति एवं एकल महिलालाई प्राथमिकता दिईएको छ ।