• २०८१ माघ २६ गते शनिवार

अर्घाखाँचीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क-७, सुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो ।

घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस