असार १९, काठमाडौं । उत्तरप्रदेशको राजधानीमा एक युवकलाई चिहानमा गाड्नका लागि पूरा तयारी भइसकेको थियो । चिहान खनिसकिएको थियो र शवलाई त्यहाँ राख्दै गर्दा परिवारका केही सदस्यले उनको शरीरमा हलचल देखे । अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइयो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ ।
दाईले भने, “यो अप्रत्याशित हो”
वास्तवमा २० वर्षका मोहम्मद फुरकान २१ जुनमा एक दुर्घटनामा घाइते भएका थिए । त्यसपछि उनलाई नीजि अस्पतालमा भर्ना गरियो । डाक्टरले उनलाई सोमबार मृत घोषित गरेका थिए । उनलाई एम्बुलेन्समार्फत् उनको घर पुर्याइयो । भाईको यस्तो अवस्थालाई दाई मोहम्मद इरफानले यसलाई अप्रत्याशित बताएका छन् । उनले भने, “परिवारलाई विश्वास भइरहेको छ । हामीले हाम्रो भाई फिर्ता पायौं ।”
उनले भने, “भाईको उपचारका लागि निजी अस्पताले परिवारसँग सात लाख भारु लिइसकेका थिए । जब हामीले उनलाई हामीसँग पैसा नभएको बतायौं तब सोमबार फुरकानलाई मृत घोषित गरियो । अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।”
लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने, “हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ।”
फुरकानको उपचार गरिरहेका डाक्टरले भने, “बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।”