• २०८१ चैत्र ३ गते सोमवार

खेलकुद मैदान निर्माणमा लाखौ हिनामिना

पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २१,काठमान्डौ । रुपा गाउँपालिका, कास्कीमा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यको साइट इन्चार्ज सब इन्जिनियर ननु राम समेत ९ जना उपर आरोप पत्र दायर गरिएको छ ।

कास्की जिल्ला, मादी गाउँपालिका वाडा नं ६, चिप्ली गाउँस्थित शिद्व प्रा.वि .मा खेलकुद मैदान निर्माणको लागि युवा तथा खेलकुद मन्त्रालयबाट श्रोत सुनिश्चितता भई जिल्ला समन्वय समिति, कास्कीवाट आ/व २०७३/०७४ मा खर्च भएको रकम खेलकुद मैदान निर्माणको काम नै नगरी जिल्ला समन्वय समिति, कास्कीका प्राविधिक नन्दु राम, मादी गाउँपालिका ७, का वडा सचिव रामकृष्ण बास्तोला र सिद्ध युवा क्लव, चिप्लीका अध्यक्ष विशाल गुरुङको मिलोमतोमा रकम हिनामिना गरेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलयमा परेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादीहरुले नेपाल सरकारलाई हानिनोक्सानी पुर्याुउने बदनियतले चिप्ली खेलकुद मैदान निर्माण कार्यको अनुसन्धानको क्रममा जिल्ला प्राविधिक कार्यालय, कास्कीबाट मिति २०७५।०५।१० मा पुनस् मूल्यांकन गर्दा रु।२,१२,३६३।३५ मात्रको काम सम्पन्न गरे गराएको देखिन आएबाट उक्त खेलकुद मैदान निर्माणमा प्राविधिक मूल्यांकनभन्दा रु १,३९,६३५।६४ रकमको मूल्यांकन बढी बढाई जनश्रमदान रू ५१,९९८ ( बाहेक कटाउनु पर्ने कर कट्टा गरी सरकारी रकम रु २,८४,२८४।( भुक्तानी दिएको देखिदा खेलकुद मैदान निर्माणमा रु ९८,००९।२० मात्र खर्च भएको प्रमाणित भएको हुँदा निर्माण कार्यमा खर्च भएको भन्दा रु  १,८६,२७४।८० बराबरको रकम निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी, झुट्टा विल, भरपाई वनाई निर्धारित लागत इष्टिमेटअनुसारको काम नगरी निर्माण कार्यमा संलग्न कर्मचारी र निर्माण समितिका पदाधिकारीले भुक्तानी लिई दिई रु १,८६,२७४।८० हिनामिना गरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‌याउने कार्यमा संलग्न रहेका तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिका, कास्कीमा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यको साइट इन्चार्ज सब(इन्जिनियर ननु राम, तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरि बहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायण प्रसाद बराल, तत्कालीन मादी गाउँपालिका वडा नं। ७, का वडा सचिव हाल अवकाश प्राप्त पोखरा लेखनाथ महानगरपालिका वडा नं। ११ बस्ने रामकृष्ण बास्तोला, तत्काल जिल्ला समन्वय समितिको कार्यालय, कास्कीका लेखा अधिकृत पदमा कार्यरत रही हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत झलक प्रसाद आचार्य, तत्कालीन जिल्ला समन्वय समिति, कास्कीका लेखापाल हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत विष्णु प्रसाद बराल, चिप्ली खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ्ग, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङ्ग उपर जनही बिगो रू १,८६,२७४।८० कायम गरी देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइराला बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस