जेठ २१,काठमान्डौ । नेपाल आइडलको दोस्रो सिजनबाट चर्चामा आएकि र्यापर करिष्मा बिष्टको नया गित ‘भैकंर सोझी’ बोलको गीत मङ्गलबार सार्वजनिक भएको छ ।
गीत लोक पप टाइपको रहेको छ । उक्त गीतमा चर्चित गायक चेतन बोहोरा र गायिका माया बुढाको आवाज रहेको छ भने गीतमा र्यापर करिष्मा बिष्टको र्याप रहेको छ ।
लय तथा संगीत चेतन बोहोराकै रहेको छ भने गितको एरेन्ज कृष्ण बि.क को रहेको गीतमा मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ ।
गीतमा एक माया प्रेममा परेको जोडिको बारेमा एक अर्काले बयान गरेका छन् । चेतनले मायालाई हल्का मोटि र हल्का होची छ मेरि हुने वालि भैकंर सोझी भन्दै आफ्नो मायालुको ब्याख्या गरेका छन् । बाल्यकालको साथी भएको र धेरै पछि भेट हुदा एक अर्काको बयान गरेको गीतमा देखिन्छ ।
गीतमा करिष्मा को दम्दार र्याप सुन्न सकिन्छ । उसो त करिष्मा अब्बल नेपाली र्यापरको रुपमा परिचित हुदैछैन् । करिष्माले बजारमा ल्याएको गीत हरु निकै चर्चा हुने गरेका छन् ।
गीतको भिडियोमा चेतन बोहोरा चर्चित मोडल करिष्मा ढकाल र टेक साउद को दम्दार अभिनय रहेको छ ।
भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेको छन् भने भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका हुन सथै भिडियोको सम्पादन मिलन विश्वोकर्माले गरेका छन् ।
हेर्नुहोस् भिडियो :