- खबर 24 नेपाल ५ नम्बर ब्युरो
वैशाख २१, दाङ । दाङको कृजल आयल सप्लायर्सबाट विक्रि भएको डिजल शुद्ध र गुणस्तरयुक्त भएको पाईएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको कृजल आयल सप्लायर्सबाट विक्रि भएको डिजलमा लेदो सहित अशुद्धता भेटिएको बारेमा केहि अनलाईन सञ्चार माध्यमले समाचार प्रशारण गरेका थिए ।
त्यस्ता झुटा समाचारप्रति आपत्ती जनाउँदै राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोशियशन तुलसीपुर दाङले शुक्रबार विज्ञप्ती जारी गरेर शुद्धता जाँचका क्रममा कुनै पनि प्रकारको अशुद्धता नदेखिएको बताएको छ । एसोशियशनका अध्यक्ष समीर पाण्डेयले पम्पबाट नोजल स्याम्पल लिई ल्याव टेस्ट गराँदा पेट्रोल पम्पबाट विक्रि भएको डिजलमा कुनै किसिमको अशुद्धता वा लेदो जस्तो पदार्थ नदेखिएको बताउनुभयो । उहाँले विज्ञप्ती मार्फत सत्यतथ्य पत्ता नलगाई हचुवाको भरमा कपोलकल्पीत रुपमा समाचार प्रकाशन तथा सम्प्रेशन गर्ने मिडियाप्रति आपत्ती जनाएको बताउनुभयो ।

बिज्ञप्ती
विज्ञप्तीमा ‘पेट्रोलियम पदार्थ मानव जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने सम्बेदनशील पदार्थ भएकाले यसको सम्बेदनशीलता एवं सत्यतथ्य पत्ता नलगाई हचुवाको भरमा समाचार प्रकाशन गरी जनमानसमा भ्रम फैलाउने तथा ब्यापारिक चरित्र हत्या गर्ने मिडियालाई रोक लगाउन प्रकाशन समक्ष जोडदार माग गर्दछौँ’ भनिएको छ ।
नेपाल आयल निगम लिमिटेड ईन्धन डिपो दाङले जिल्ला प्रशासन कार्यालय दाङलाई पठाएको वैशाख १९ गतेको पत्रानुसार स्याम्पलमा कुनै मिसावट नभएको जानकारी गराएको छ । गुणस्तर तथा नापतौल कार्यालय नेपालगंजलाई पत्राचार गरी डिजलको स्याम्पल परिक्षण गर्न पठाईएकोमा पानीको कुनै पनि मात्रा नपाईएको, कुनै किसिमको मिसावट नदेखिएको र निगमको पेट्रोलियम पदार्थ गुणस्तर नियन्त्रण विनियमावली २०६४ अनुसार कुनै पनि समस्या नदेखिएको बताएको छ ।
राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोशियशनका अध्यक्ष पाण्डेयले निगमले आफ्नो डिपो विलिङ भई विक्रि भैसकेको पश्चात त्यसको स्वामित्व तथा शुद्धतामा जिम्मेवारी नलिए जस्तै कुनै पनि पेट्रोल पम्पले विक्रि पश्चात पम्प परिसरबाट गैसकेको पेट्रोलियम पदार्थको जिम्मेवारी लिन नसक्ने बताउनुभयो