• २०८१ कार्तिक १८ गते आइतवार

अपराध महाशाखा टेकुमा समुदाय प्रहरी साझेदारी सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, काठमाडौं । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी अधिकृतहरुलाई साझेदारी कार्यक्रमको अवधारणा र कार्यान्वयन सम्बन्धमा अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तार सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदीले अभिमूखिकरणको उद्देश्य, समस्याको पहिचान र भावी कार्यदिशाबारेमा प्रस्तुतीकरण गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमको औचित्य, साझेदारीका आधार, विद्यालय सम्पर्क कार्यक्रम, प्रहरीको भूमिका लगायतका विषयमा उहाँले प्रकाश पार्नुभयो । साथै उहाँले सहभागी प्रहरी अधिकृतहरुले राखेका जिज्ञासाको निरुपण समेत गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी उपरीक्षक सबिन प्रधानले समुदाय प्रहरी साझेदारी अवधारणाको प्रारुप र कार्यान्वयनबारेमा विस्तृत जानकारी दिनुभएको थियो । साथै प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले साझेदारी अवधारणा र प्रहरी कार्यमा यसको उपयोगिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

शुभारम्भको ६ महिनाभित्र नै उक्त अवधारणा अनुरुप देशभर करिब १९ हजार ३५ साझेदारी समितिहरु निर्माण भई उल्लेख्य रुपमा प्रहरी र समुदायको साझेदारीका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । यस अवधारणाको अनिवार्यतालाई अझ सशक्त रुपमा कार्यान्वयन गर्नको लागि सुपरीवेक्षण र व्यवस्थापकीय भूमिकामा रहने प्रहरी अधिकृतहरुलाई अभिमूखिकरण गर्ने नीति अनुसार अभिमुखिकरण संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस