चैत २१, काठमाडौं । चितवनमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । खैरहनी नगरपालिका–९ नमुना पेट्रोल पम्पअगाडि बुधवार राति साढे ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले ठक्कर दिँदा एकको पुरुषको मृत्यु भएको हो ।
बसले ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ७० वर्षीय परिचय नखुलेका वृद्धको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
वृद्धको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । वृद्ध मानसिक सन्तुलन ठीक नभएको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।