चैत २१, काठमाडौं । भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका(२६ सामाखुसी बस्ने भोजपुर हतुवागढी गाउँपालिका- ९ की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबार पक्राउ गरेको छ ।
काठमाडौंको पिंगलास्थान स्थित कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमलाले धनुषा मिथिला बिहारी नगरपालिका-२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।