पादुकाखोला नजिकै पहिरोमा पुरिएका सावदको उद्दार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २०, सुर्खेत । सुर्खेत जुम्ला सडक खण्डको पालिमा चैत १९ गते विहान सडक मर्मतको काम गर्ने शिलशिलामा आएको पहिरोमा परेर दुल्लु ३ दैलेख निवासी करिव बर्ष २१ का खगेन्द्र सावद घाईते हुनुभएको थियो ।

सुर्खेतका व्यापारी कुशुमबहादुर रावलका अनुसार स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिनुभएका घाइते सावदलाई निरन्तर को प्रयासले करिव ३ घण्टा पछि पहिरो बाट निकाल्न सफल भएको थियो

घाइते सावदको अहिले स्थानीय पादुका मेडिकल दुल्लुमा उपचार भईरहेको र घाईतेलाई थप उपचार को आवश्कता रहेको रावलले बताउनु भयो । राम्रो स्वस्थ्य उपचार गर्न अस्पताल नै लानुपर्ने भएकाले सम्बन्धित निकायले तुरुन्तै पहल गरोस् भन्ने आग्रह पनि व्यापारी रावलले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस