फागुन २०, दैलेख । पश्चिम दैलेखको दुर्गम ठाटीकाँध गाउँपालिकाका कर्मचारीको लापरवाहीले स्थानीयले सास्ती खेप्नु परेको छ ।
ठाँटीकाँध गाउँपालिका वडा नं. ६ लामामेला स्थित जोगी दमाईको घरमा गएको जेठ महिनामा हुरी बतासका कारण सल्लाको रुखले स्थानीय जोगी दमाईको ठुलो धनजनको क्षति गर्यो । गाउँपालिकाले जैविक प्रकोपमा परेकालाई राहत दिने निर्णय वापत यही फागुन १५ गते गाउँपालिकाले रु. २५ हजारको चेक दियो ।

गाउँपालिका को कार्यालय देखि फागुन १५ गते प्रशासकीय अधिकृत र लेखापालको हस्ताक्षर स्वरुप दिएको जालि चेक । उक्त चेकमा दुबै कर्मचारीको हस्ताक्षर गलत भएकाे छ ।
ठाटीकाँधमा बैँक नहुँदा जोगीले अर्काे स्थानीयको हातमा चेक कर्णाली प्रदेशको राजधानी सुर्खेतको वाणिज्य बैँकमा फागुन १९ गते स्थानीय राजबहादुर थापाले लिएर गए । “बैँकले दुवै हस्ताक्षर गलत भएको जनायो” स्थानीय थापाले भने ।
हस्ताक्षर गाउँपालिका प्रशासकीय अधिकृत रामु सापकोटा र लेखापाल हरीहर भटराईको रहको छ । उक्त दिनमा भारी बर्षातका कारण चिसो भएकोले हस्ताक्षर गर्दा केही मिस्टेक हुन सक्ने लेखापाल भटराईको भर्नाइ छ । उनले , सामाजिक सञ्जालमा टिकाटिप्पोणी गर्नु भन्दा गाउँपालिकामा आएर अर्का चेक लिन आग्रह गर्दै , कहिलेकाँही जानी नजानी मिस्टेक हुन सक्ने बताए ।
गाउँ-गाउँमा बैक छन् तर बाणिज्य बैँकको शाखा गाउँमा नहुँदा सर्वसाधारण सदरमुकाम र प्रदेश राजधानी जान बाध्य भएका छन् भने कर्मचारी र जनप्रतिनिधिको लापरवाहीका कारण निकै हैरानी खेप्नुपरेको स्थानीयको भनाई छ ।
जैविक प्रकोपमा परेकालाई गाउँपालिकाले २५ हजार दिने निर्णय गरेकाले उक्त रकम दिएको गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनले , जिल्लाका वाणिज्यमा हस्ताक्षर मिल्ने सुर्खेतकोमा नमिल्ने त्यो के हो बुज्न नसकिएको जनाए ।