फागुन २०, जनकपुरधाम । धनुषामा एक बेहुली स्वयंवरपछि फरार भएकी छन् । आइतबाार राति धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवती स्वयंमरपछि अर्कैसँग भागेकी हुन् ।
आइतबार विवाहका लागि धनुषाको सबैलाबाट बेहुलासहित जन्ती टोली युवतीको घरमा आएको थियो । विवाहको मूल विधि शुरु हुनुअघि हुने राति १ बजे स्वयंवर सम्पन्न भयो ।
स्वयंवरलगत्तै दुलहीको भेषमा रहेकी ती युवती फिल्मी शैलीमा सबैको आँखा छलेर भागेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।
निरीक्षक खड्काकाअनुसार बेहुली भगाउनका लागि त्यही टोलका केही व्यक्तिहरुले भूमिका खेलेका थिए। बेहीली फरार भए लगत्तै प्रहरी टोली पुगेर फरार बेहुली र बेहुली भगाउन सहयोग गर्नेहरुको खोजी गरिरहेको छ । जन्ती र माइतीपक्षको नाम भने प्रहरीले गोप्य राखेको छ ।
बेहुली स्वयंवरपछि अर्कै केटासँग भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ। विवाहका लागि आएका बेहुला र जन्तीसमेत के गर्ने भन्ने अन्योलमा परेका छन्।
निरीक्षक खड्काका अनुसार बेहुली फरार भएपछि के गर्ने भन्ने विषयमा केटी पक्ष र केटापक्षबीच छलफल भइरहेको छ ।
स्थानीयका अनुसार बिहे भाग्ने बेहुलीको ईनरबा टोलका एक युवकसँग लामो समयदेखि प्रमसम्बन्ध रहँदै आएको थियो । प्रहरीले ती बेहुली तिनै युवकसँग भागेको हुनसक्ने अनुमान गरेको छ ।