फागुन २०, काठमाडौं । नेपाली सेनाको प्यारासुटबाट खसेर एक सैनिक घाइते भएका छन्। सैनिक दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ‘फ्रि फल जम्प’ गर्ने क्रममा सेनाका हवल्दार पूर्णबहादुर घिमिरे घाइते भएका हुन्। प्यारासुटमा प्राविधिक गडबडी आएकोले दुर्घटना भएको बताइएको छ। घाइते घिमिरेको वीर अस्पतालमा उपचार भइरहेको छ। घिमिरे खतरामुक्त रहेको सेनाले जनाएको छ ।