फागुन २०, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहृयामलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले उसैको मैदानमा फुलहृयामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा गोन्जालो हिगुइन र जोर्गिन्होले गोल गरे । यता फुलहृयामका लागि कलम च्याम्बर्सले गोल फर्काएका थिए ।
तीनै गोल पहिलो हाफमा भएको थियो । हिगुइनले २० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । फुलहृयामका लागि २८ औं मिनेटमा च्याम्बर्सले गोल १- १ गोलको बराबरीमा पुर्याएका थिए । ३१ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि पहिलो हाफसम्म चेल्सीले २(१ को अग्रता बनाएको थियो ।
पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको चेल्सीले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न सफल भयो ।