• २०८० असोज ४ गते बिहिवार

प्रहरीको सक्रियतामा भारत बेच्न लग्दै गर्दा १ महिला सहित तिन जनालाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/सुरज मेघनाथ

फाल्गुन २०,बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले मानव बेचविखन तथा ओसार पसार कार्यमा संलग्न रहेको आरोपमा १ महिलासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा १८ देखि २० बर्ष उमेर समुहका युवतीहरुलाई प्रलोभनमा पारी भारत तर्फ लैजाने कार्यमा संलग्न रसुवा जिल्लाको यार्सा गाउँपालिका वडा नं. १ बस्ने कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. १२ बस्ने ओकिल बहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ बस्ने मैमी कुमारी सार्कीलाई नियनत्रणमा लिईएको प्रहरीले जनाएको छ ।

शनिबार ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल भारत सिमा बलैगाउँबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ कर्णालीपुरबाट दुई युवतीलाई समेत उद्दार गरेको जनाएको छ । पक्राउ परेका ब्यक्तिहरु मानब बेचबिखनमा संलग्न भएको देखिएकोले मानव बेचबिखन तथा ओसार पसार कसुरमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस