चैत १४, काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरकी तत्कालीन उपप्रशासक र हाल व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, त्रि.वि.मा सह प्रशासक पदमा कार्यरत शारदा कुमारी पौडेलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कार्यरत रहेकाले छानबिन गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनको प्रमाण पत्र नक्कली रहेको पाईएको हो । उनि संस्कृत विश्वविद्यालय वाराणसी, भारतबाट प्राप्त उत्तरमध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा प्रवेश तथा बढुवा भएकी हुन ।
उनको आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस