आगो लगाएर वृद्धद्धारा आत्महत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १० ,महोत्तरी । महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाको आफ्नै शरीरमा आगो लगाउँदा मृत्यु भएको छ ।आफ्नै शरीरमा आगो लगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार दिउँसो घरमा कोही नभएको समयमा मुखियाले आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको राति उपचारको क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरी कपडा बेरी मट्टितेल छर्केर आफैंले आगो लगाएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

आगोले पोलेर गम्भीर अवस्थामा पुगेका उनको परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको र उपचारको क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस