मलेसियाले पठायो नयाँ स्वास्थ्य परीक्षणको मापदण्ड

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १० , काठमाडौं । बायोमेट्रिकका नाममा कायम रहेको सिण्डिकेट हटाउन नेपाल सरकार र मलेसिया सरकार बिच श्रम सम्झौता भएको ४ महिनापछि मलेसिया सरकार तयार भएको छ ।

मलेसिया सरकारले स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसिया ज्फ्फ्ने रोजगारीको बाटो खुल्ला भएको छ । दुइ देश् बिच श्रम सम्झौतामा भए अनुसार नै मलेसियाले स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पठाएको हो । मापदण्ड नआएका कारण अहिलेसम्म मलेसियाको रोजगारी पुनः सुचारु गर्न सकिएको थिएन् ।

यसअघि नै स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाका कुनै पनि काममा नेपाली कामदारले पैसा तिर्नु नपर्ने सम्झौता भइसकेको छ । अब मलेसिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार अब सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण हुनेछ । र, तत्कालै श्रम मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर सूचीकृत हुन आह्वान गर्नेछ ।

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण प्रदेशमै हुनेछ सरकारले सातै प्रदेशबाट श्रम स्वीकृति दिन थालिसकेकाले अब सरकारले सूचना जारी गरेपछि सम्बन्धित प्रदेशका सरकारी र निजी अस्पताल तथा मेडिकलहरुमध्ये दुवै देशको विज्ञहरुको टिमले मापदण्ड पूरा गरेकाहरुलाई छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस